नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु

खेलकुद

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइ कबड्डी नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु भएको छ।

शुक्रबार दशरथ रङ्गशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलको उद्घाटन गरिएको हो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोकामगर काठमाडौँका मार्की खेलाडी हुन् । काठमाडौंले नेपालका पूर्व कप्तान सरोज सिंहको प्रशिक्षणमा तयारी गरेको छ ।

प्रतियोगितामा  काठमाडौं र पोखरासहित  विराटनगर ब्यान्डिट, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन रेइडर्स गरी ६ वटा टोली सहभागी हुनेछन् ।