लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्वपूर्ण हो :अध्यक्ष दाहाल

समाचार

लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्वपूर्ण हो ः अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दिगो विकासका २०३० सम्मका लक्ष्यहरु महत्वपूर्ण रहेको बताएका छन् ।

बुधबार विकास आर्थिक मामिला समितिको बैठकमा बोल्दै उनले दिगो विकासका लक्ष्यहरु महत्वपूर्ण भए पनि लक्ष्य अनुरुप काम गर्ने सबै निकायको सहभागिता कति भन्ने प्रश्न महत्वपूर्ण भएको बताएका हुन् ।

उनले भने, ‘दिगो  विकासको  निम्ती समबन्धित निकायलाई ल्याउनका लागि हामी बढि नै तल्लिन छौँ । हामीले  समग्र  विषयलाई हेर्दा दिगो विकासको २०३० सम्मका हाम्रा लक्ष्यहरु कुराहरु जुन महत्वपूर्ण नै छन् । लक्ष्य राख्नु एउटा कुरा हो, हामी यो पूरा गर्छौं भन्ने प्रतिवद्धता जाहेर गर्ने अर्को कुरा हो, तर त्यो अनुरुप त्यो लक्ष्य प्राप्ती गर्ने संवद्ध सबै निकायहरुको तदारुकता र त्यो भित्रको एकतो कति भन्ने प्रश्न मुख्य कुरा हो ।’

साथै उनले लक्ष्य प्राप्ती गर्दा बनाइने योजनाहरु राम्रोसँग हेर्नुपर्ने बताए । उनले  एउटै योजना दुईतीन मन्त्रालयबाट  परिरहेको अवस्था भएकाले हेरफेर गर्नुपर्ने बताए।