नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीहरूलाई धम्की दिएको आरोपमा पक्राउ परेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाल धरौटीमा रिहा भएका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन्। प्रसाईंसहित तीनजनाविरुद्ध आपराधिक लाभ र सङ्गठित कसुरको मुद्दा दायर भएको थियो।



