गरिमा म्युचुअल फण्डको इकाई बाँडफाँड सम्पन्न

अर्थ समाचार

काठमाडौं – गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन र गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको “गरिमा म्युचुअल फण्ड” अन्तर्गत “गरिमा समृद्धि योजना” को इकाई बाँडफाँड सम्पन्न भएको छ।

दश करोड इकाईमध्ये अंकित मूल्य रु. १०/- का १२,५०,००,००० इकाईका लागि सार्वजनिक निष्काशन गरिएको थियो। मिति २०८१ मंसिर ७ देखि ११ सम्म खुला भएको आवेदन प्रक्रियामा ९४,६८१ आवेदकहरूले १२,१८,७८,५१० इकाईका लागि आवेदन दिएका थिए।

विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” अनुसार योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्म वृद्धि गरी “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधीनमा रही एनआइएमबि एस क्यापिटल लिमिटेडमा इकाई बाँडफाँड गरिएको हो।

बाँडफाँडपछि योजनाको कुल आकार बीज पूँजी सहित रु. १,२५,००,००,००० कायम गरिएको छ। यस योजनाको सफल निष्काशनले लगानीकर्ताहरूमा सकारात्मक ऊर्जा प्रदान गरेको र सामूहिक लगानी कोष क्षेत्रमा थप उत्साह थपिएको छ।