प्रसिद्ध भारतीय फिल्म निर्माता तथा निर्देशक श्याम बेनेगलको निधन

समाचार

प्रसिद्ध भारतीय फिल्म निर्माता तथा निर्देशक श्याम बेनेगलको आज, २३ डिसेम्बर, साँझ ६:३८ बजे ९० वर्षको उमेरमा निधन भएको छ।

किड्नीसम्बन्धी समस्याबाट पीडित बेनेगल दुई दिनदेखि कोमामा रहेका थिए |

श्याम बेनेगललाई भारतीय सिनेमा क्षेत्रलाई महत्त्वपूर्ण योगदान दिएका निर्देशकमध्ये एक मानिन्छन्। उनका धेरै चलचित्र सामाजिक यथार्थ र मानव जीवनका गहिरा पक्षहरूलाई उजागर गर्ने खालका छन्।

श्याम बेनेगललाई १९७६ मा पद्मश्री र १९९१ मा पद्मभूषण सम्मान प्रदान गरिएको थियो। उनलाई २००७ मा भारतीय सिनेमा क्षेत्रमा दिएको योगदानको लागि सर्वोच्च सम्मान दादा साहेब फाल्के पुरस्कार प्रदान गरिएको थियो।