रास्वपाको कार्यवाहक सभापति बने अर्याल

राजनीति समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) अर्याल बनेका छन् ।

अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको छ । रास्वपाका अनुसार सभापति रवि लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो ।

रास्वपाको विधानअनुसार उमेरले जेष्ठ उपसभापति कार्यवाहकको भूमिकामा रहन्छन् । रास्वपाका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको सहमतिमै डीपीलाई कार्यवहाकको जिम्मेवारी दिइएको हो ।