भारत-चीन सम्बन्ध सुधारतर्फ कदम: अजित डोभाल वार्ताका लागि बेइजिङमा

अन्तराष्ट्रिय समाचार

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (NSA) अजित डोभाल भारत-चीन सम्बन्ध सुधारको दिशामा महत्वपूर्ण कदम चाल्दै बुधबार बेइजिङ पुगेका छन्। डोभालले दुबै देशका विशेष प्रतिनिधिहरूबीचको वार्तामा भाग लिनेछन्।

वार्तामा चीनको तर्फबाट विदेशमन्त्री वाङ यीले बेइजिङको प्रतिनिधित्व गर्नेछन्। वार्ताको विषयमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मिडियालाई बताए, “चीन दुबै नेताहरूबीच भएका सहमतिहरूलाई कार्यान्वयन गर्ने, वार्तामार्फत आपसी विश्वास बढाउने, हाम्रा प्रतिबद्धताहरूको सम्मान गर्ने र द्विपक्षीय सम्बन्धलाई मजबुत तथा स्थिर विकासतर्फ अगाडि बढाउन भारतसँग काम गर्न तयार छ।”

यो वार्ता भारत र चीनबीचको कूटनीतिक सम्बन्ध सुधार गर्न र आपसी विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

एजेन्सी