जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा जीप चालक इन्द्रजित थापा, शारदा थापा, शिला पुन र लक्ष्मी पुनको घटनास्थलमै मृत्यु भएको हो । लक्ष्मी पुनको एक महिनाको छोराको पनि दुर्घटनामा ज्यान गएको छ । दुर्घटनामा जाजरकोट नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा घाइते भएका छन् । उनको टाउको र अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको नगर अस्पताल दल्ली जाजरकोटमा उपचार भइरहेको छ ।
जाजरकोटको नलगाड नगरपालिका–३ को बाँस्कुटी उकालोमा जिप एक्कासी ब्रेक फेल भई सडक बाट अन्दाजी ७ सय देखि ८ सय मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।

