जनकपुर बोल्टको प्रदर्शनबाट रोमाञ्चित, टेक्नोले बोल्टस् टीमलाई चीन भ्रमणमा लैजादै

अर्थ खेलकुद समाचार

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्टस्ले लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग, एनपीएलको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट ८ अंकसहित बोल्टले अटल जोश, दृढ संकल्प र अटुट गति देखाएर सबै नेपालीको मन जीतीरहेको छ ।

जनकपुर बोल्टस्को गोल्ड पार्टनर, टेक्नोले जीतको उत्साहलाई अझै उच्च बनाउँदै टीमका लागि चीनको रोमाञ्चक यात्राको योजना बनाएको छ । टेक्नोले जनकपूर बोल्टस्संगै विभिन्न अवरोधहरु सामना गरि अवसरहरुको सिर्जना गर्ने र क्रिकेटसँगै च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।