नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको २८ वर्ष पुरा

अर्थ समाचार
काठमाडैं । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको २८ वर्ष पुरा भएको छ ।
अर्थतन्त्रको प्रबन्धन विषयक छलफल तथा अवार्ड वितरण समारोह आयोजना गर्दै सेजनले शनिवार २८औं वार्षिकोत्सव मनाएको छ । समारोहमा सेजनका अध्यक्ष सुजन वली, नेपाल बैंकर्स एसोशिएसनका अध्यक्ष सुनिल केसी, अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गर्भनर महाप्रसाद अधिकारी लगायतको उपस्थिती थियो ।
वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राजस्वमा कुनै पनि नयाँ ऐन तथा कानुन नबनाएको बताएका छन । अर्थमन्त्री पौडेलले भने, ‘राजस्वमा हामीले अहिलेको विद्यमान व्यववस्थाको सिमाभित्र रहेर गरिएका कोशिसहरु हुन् । हामीले कुनै राजस्वका सम्बन्भमा नयाँ आर्थिक ऐन तथा भन्सार ऐन लजारी गर्न अहिले सम्भव थिएन ।’ ‘संसदले पारित गरेको राजस्व ऐन नै हामीले परिचालन गर्ने कोशिस गरेका छौं । विशेषगरी राजस्व प्रशासनलाई अनुसाशित बनाउँदै त्यहाँ भएका नितीहरुलाई नियन्त्रण गर्दै त्यहाँ भएको दायरालाई विस्तार गर्ने लक्ष्य छ ।’, उनले थपे । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा केही सकारात्मक सुधारहरु देखिएको र क्रेडिट रेटिङमा नेपालले पाएको स्थान सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन ।
सो समारोहलाई सम्बोधन गर्दै गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नितीको पहिलो त्रैमासिकमा कुनैपनि परिवर्तन आवश्यक नभएकाले परिवर्तन नगरिएको बताएका छन् । गर्भनर अधिकारीले भने, ‘मौद्रिक निती ल्याईरहँदा जे जस्तो थियो त्यसमा अहिले हामीले परिवर्तन गर्नुपर्ने केही छैन । त्यसैले गरिएन् । हिजो मौद्रिक निती ल्याउँदा हामीले धेरै नै प्रोग्रेसिभ पोलिसीहरु ल्याएका थिर्यौ । त्यसैमा काम गर्न सकियो भने धेरै राम्रो हुन्छ ।’ गर्भनर अधिकारीले अर्थतन्त्रमा अहिले कुनै नी समस्या नभएको पनि बताएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा पब्लिक कन्फिडेन्सलाई बढाउन आवश्यक रहेकाले सबैले मिलेर काम गर्न आवश्यक रहेको बताए । ढकालले भने, ‘अहिले नेपाली अर्थतन्त्त्रमा बढाउनु पर्ने भनेको पब्लिक कन्फिडेन्स हो । त्यसैले निजी क्षेत्रले सरकारलाई देखाउने, सरकारले निजी क्षेत्रलाई देखाउने अवस्था होईन । अहिले हामी सबै मिलेर अगाडी बढ्नु पर्ने अवस्था छ ।’
ढकालले नेपालमा कुनै पनि कुरा राम्रो छैन भन्ने भाष्य स्थापित भएको बताएका छन । उनले थपे, ‘ नेपालमा नकारात्मक भाष्य स्थापित भईरहेको छ । नेपालमा चाहिँ सबै कुरा खराब छ भन्ने छ । सम्भावना नै छैन भन्ने भाष्य तयार भयो । बिआरआई बाट पूँजी आउनु पर्छ भन्ने होईन । नेपालकै आन्तरिक स्रोतबाट हामी धेरै काम गर्न सक्छौ भन्ने म्यासेज दिनको लागि उद्योग वाण्रिज्य महासंघको पहलमा उद्योग वाणिज्य महासंघ अन्र्तगतका व्यवसायीहरु, सिएनआई अन्र्तगतका व्यवसायीहरु, च्याम्बर अन्र्तगतका व्यवसायीहरु, जिल्ला, नगर अनर्तगतका व्यवसायीहरुलाई एक ठाउँमा भेला गरेर यस्तो होईन भनेका छौं ।’