नेक्सजेन म्यानेजमेन्ट तथा सामूदायिक रेडियो प्रसारक संघ बिच व्यवस्थापकिय र वित्तिय सुदृढिकरण सम्झौता

अर्थ समाचार

सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ ९ब्ऋइच्ब्द्य० नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड
इक्विटी सोलुसन्स प्रा।लि। बिच सम्झौता सम्पन्न भएको छ। देशै भरि संचालित सामूदायिक रेडियोहरूको व्यवसायिक
क्षमता अभिबृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुबै सस्था बिच
सहमती भएको हो।
संघको केन्द्रिय कार्यालय ललितपुर चाकुपाट स्थित कार्यालयमा मिति २०८१ मंसिर १३ गते सम्झौता भएको हो।
सम्झौता पत्रमा सामूदायिक रेडियो प्रसारक संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रवन्ध
संचालक रमेश कुमार भट्टरार्इले हस्ताक्षर गर्नुभयो।
सामूदायिक रेडियो प्रसारक संघ, देशैभरि संचालित गैर नाफामूलक सामूदायिक रेडियोहरूको छाता संगठन हो।
संघको नेटवर्कमा अहिले ३५० वटा भन्दा बढी रेडियोहरू आवद्ध छन। संघले आफ्ना सदस्य रेडियोहरूको सुसंचालन,
वित्तिय श्रोतहरूको परिचालन, सूचना प्रवाह र तालिमहरूमा सहयोग प्रदान गर्दै आर्इरहेको छ।
संघ अन्तर्गत आफ्नै सामूदायिक सुचना नेटवर्क ९ऋक्ष्ल्० र अनलार्इन पोर्टल अष्लपजबदबच।अयm संचालित छ। संघले
बिहान बेलुका ३५० वटा रेडियोहरूबाट समाचार प्रसारण गर्दै आर्इरहेको छ। संघले बिभिन्न एनजिओ, आइएनजीओहरू
संगको सहकार्यमा समुदाय लक्षित सूचनामूलक, जनचेतना मूलक र जिवन स्तर उकास्ने किसिमको सामाग्री निर्माण गरि
३५० वटै सामूदायिक रेडियो मार्फत प्रसारण गर्दै आर्इरहेको छ।
नेक्सजेन म्यानेजमेन्ट २०८१ बैशाख देखि बिशेषज्ञ सेवा दिने गरि संचालित कम्पनी हो। यसले सम्पत्ती
व्यवस्थापन सम्बन्धी काम र व्यवसायिक परामर्श दिने काम गर्छ। छोटो अवधीमा यसले देशी बिदेशी कम्पनीहरूसंग
सम्झौता र सहकार्य गरि सेवा दिंदै आएको छ। आर्थिक मन्दीको कारण वित्तिय श्रोतको व्वस्था नहुदा धेरै रेडियोहरू क्रमशस्
समस्याग्रस्त हुंदैछन। सामूदायिक रेडियो प्रसारक संघको लागि वित्तिय श्रोतको व्यवस्थापन तथा समस्याग्रस्त सदस्य
रेडियोहरूको प्रभावकारी संचालनमा सहयोग र सहकार्य गर्नेगरि संघ र नेक्सजेन बिच यो सम्झौता भएको जानकारी
गराउन चाहन्छौ ।