हस्पिटालिटी क्षेत्रलाई राष्ट्रिय प्राथमिकता, आजको आवश्यकता : प्रविन बहादुर पाण्डे

पर्यटन

नेपालमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको स्टेटस किन?

यो विषयवस्तु त्यति सारो बुझाइरहनु पर्ने विषय नै होइन, धेरै सिम्पल कुरा के भने नेपाल प्रकृतिको अपार सौन्दर्यताले भरिएको देश हो । नेपालको सबैभन्दा ठुलो राष्ट्रिय उद्योग पर्यटन उद्योग हो । नेपालको कला, संस्कृति, खानपान, रहन-सहन लगायत यहाँको अपार सौन्दर्यता सबैको एकमुष्ट प्रवर्धन पर्यटन उद्योगले गर्दछ । पर्यटन उद्योग भित्रको पमुख अंग होटल उद्योग आफैमा अत्यधिक क्यापिटल तथा लेबर इन्टेन्सिभ उद्योग हो, यस बाहेक यो उद्योग को ब्याकवार्ड फरवार्ड लिङ्केज समेत निक्कै विस्तृत रहेको हुन्छ जसले गर्दा होटल उद्योगबाट सिर्जित अप्रत्यक्ष रोजगारी समेत व्यापक रहेको हुन्छ । आज बैदेशिक रोजगारीमा जाने जुन लहर नेपालमा छ यसलाई रोक्न सक्ने साथै विदेसिएका नेपालीहरुलाई स्वदेश मै अवसर सिर्जना गर्दै फिर्ता ल्याउन सक्ने उद्योग, होटल उद्योग हो ।

सन्दर्भ र सान्दर्भिकता

विगतमा होटल इन्डस्ट्री निक्कै सानो रहेको थियो, पाँचतारे होटलहरु नेपालमा औलामा गन्न सकिने थिए । नेपालमा पर्यटन उद्योगहरु समेत गोल्डन ट्र्याङ्गल भनेर चिनिने पोखरा, चितवन र काठमाडौँ जस्तो ठाऊहरु मै समित रहने गरेको थियो । तर अहिले परिस्थिति व्यापक परिवर्तन भएको छ, देशैभरी पर्यटन उद्योगको विस्तार भएको छ, हिमाली क्षेत्रमा मात्र हैन आज पहाड र तराईको विभिन्न भागमा पर्यटनको व्यापक बिस्तार भएको छ । देशमा साना तथा ठुला सबै खाले होटलहरु खुल्ने क्रम समेत तिव्र हुँदै गएको छ । कोभिड महामारी पछिको अवस्थामा नेपालमा इन्टरनेसनल चेन होटलहरु खुल्ने क्रममा व्यापक तीव्रता आएको सबैले स्पष्ट महसुस गर्न सकिन्छ । नेपालमा होटल उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्टेटसको माग हानले बिगत २० बर्ष अघिदेखिन गर्दै आउँदा समेत विगतमा पर्यटन उद्योगकै साइज सानो भएको कारणले सायद सरकारले वास्ता नगरेको मान्न सकिन्छ । तर पछिल्लो १०/१५ बर्ष यता देशमा जुन तीव्रताका साथ पर्यटन उद्योगको विकास भएको छ त्यस हिसाबले हाम्रो होटल उद्योगलाई राष्ट्रिय प्राथमिकप्राप्त उद्योगको स्टेटस माग बिल्कुल जायज माग हो । होटल एसोसिएसन नेपाल ( हान ) ले आफै लगायत विभिन्न अन्य संघ महासंघहरु संगको संयुक्त प्रयासमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको लागि लबिङ्ग गर्दै आएको छ ।

किन नेपालमा होटल उद्योगले राष्ट्रिय प्राथमिकताको उद्योगको स्टेटस प्राप्त गर्नु पर्छ भन्ने विभिन्न अधारहरु हामीले सबै तालुक मन्त्रालयहरुमा पुर्याएका छौ । उद्योग, पर्यटन मन्त्रालय तथा बिभाग सबैले हामीले प्रस्तुत गरेको आधारहरुको कारण नै यो मान्यता होटल उद्योगहरुलाई चाँडै प्रदान गर्ने आस्वाशन समेत हामीलाई सकारको तर्फबाट प्राप्त हुँदै आएको समेत थियो । तर नेपालमा समय-समयमा सरकार परिवर्तन हुने गर्दा यसको डिसिजनमा डिले भने अवस्य भएको हो । हरेक पटक सरकार परिवर्तन, मन्त्रि सचिव परिवर्तन हुँदा समेत हानले लगातार फलोअप त गर्दै आएको छ तर यो निकै टाइम कन्ज्युमिंग भने हुँदै गएको हो ।

अहिले नयाँ-नयाँ खुलिरहेका चेन होटलहरुले इकुपमेंट समेत सकेसम्म नेपालमा बन्ने खरिद गरिरहेका छन् , इम्पोर्ट गरिएको समानमा आफ्टर सेल्सको इस्सु आउँछ , भोलि समान बिग्रिदा के गर्ने ? त्यसैले हाम्रो प्प्प्रायोरिटी नेपाली उत्पादन नै रहन्छ ।

यस हिसाबले देसको जीडीपीमा हाम्रो योगदान ठुलो हुन आउँछ, ट्याक्स पेयरको हिसाबले समेत ठूलो योगदान हाम्रो रहन्छ साथै विदेशी मुद्रा आर्जनमा रहेको होटल उद्योगको हिस्सा, जुन सकारले अहिले देखाउने तथ्यांकमा चित्रण हुन सकेको छैन । टुरिजम बोर्डले तयार गर्न लागेको टुरिजम स्याटलाइट एकाउन्ट प्रोजेक्ट अहिलेसम्म तयार भइनसकको हुँदा अझैसम्म सरकार र पर्यटन व्यवशायी, होटल व्यवशायीको बुझाइमा फरक रहेको हो । सरकरको हिसाबमा टुरिजमको जीडीपीमा योगदान एकल अंकमा रहेको दाबी छ, हाम्रो बुझाइमा डबल डिजिटमा छ ।

डेटाको यो मिसम्याच एउटा कारण, पहिला-पहिला अझै भनौ कोभिडकाल भन्दा अघि होटलहरुको सबैजसो कारोवार ट्रयाभल एजेन्सी थ्रु हुन्थ्यो, यधपी विदेशी मुद्रामा कारोवार गर्ने लाइसेन्स होटल र ट्रयाभल एजेन्सी दुबैसँग हुन्थ्यो । यस्तो अवस्थामा ट्रयाभल एजेन्सी थ्रु कारोबार हुँदा ट्रयाभल एजेन्सीहरुले हामीलाई पेमेन्ट गर्ने गर्थे । नेपालमा टुरिस्टहरुको प्रति दिन औसत खर्च सरकारले ४९ डलर भएको देखाउँदै आएको छ, जुन तथ्यांक पनि निक्कै पुरानो हो । हाम्रो अनुमानमा यो अझै धेरै हुनुपर्छ । टुरिस्टहरुको प्रतिदिन गर्ने खर्चमा ट्रेकिंग तथा एक्सपिदिसन बाहेक एउटा ठूलो हिस्सा होटलमा खर्छ हुने गर्छ । हिजो भिजिट नेपाल २०२० को सरकारको लक्ष अनुरुप हाल देखिएको होटल क्षेत्रको विस्तारको एउटा प्रमुख कारण हो । अहिले २० लख पर्यटक नआइसके पनि नेपालमा खुलेका यस्ता इन्टरनेसनल चेन होटलहरुले आफ्नो बिजनेस समेत आफै लिएर आउने हुँदा होटलहरुको आम्दानीमा समेत वृद्धि भएको छ, साथै यस्ता होटलहरुको डोमेस्टिक मार्केट समेत विस्तृत हुँदैगएको अवस्था छ । यसै कारणले हाम्रो शंग्रिला ग्रुपले समेत ४ वटा इन्टर कन्टिनेन्टल ग्रुप अन्तर्गतका चेन होटल नेपालमा स्थापना गर्ने तयारी गरेको हो । अहिलेको ग्लोब्लाइजेसनको फाइदा नेपालले समेत लिन सक्नु पर्छ, जसरि थाईल्याण्डले आयात प्रतिस्थापनको स्त्र्यातेजी टुरिजमको बेसमा तयार गर्यो त्यस्तै नेपालले समेत गर्नसक्नुपर्छ ।

कोभिडपछि विस्वभरर पुन एकपटक मानिसहरुको प्राथमिकतामा टुरिजम पर्न गएको छ, नेपाल एउटा चिप डेस्टिनेसनको रुपमा धीरे पहिले नै स्थापित भइसकेको देश हो । अहिले आइरहेका चेन होटलहरुले टेक्नोलोजी, मार्केटिंग स्ट्रेन्थ नेपालमा ल्याइरहेका छन् , अब राष्ट्रिय प्राथमिकता प्रदान गर्ने हो भने होटल उद्योगले अझ निकै ठुलो मात्रमा वैदेशिक लगानी स्वदेशमा भित्र्याउन सक्ने प्रष्ट देखिन्छ । यदि अब राज्यले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगको स्टेटस प्रदान गरेमा होटलहरुले अझै टुरिजम इन्फ़्रास्ट्रकचरमा थप लगानी गर्ने छन, जसले अधिक भन्दा अधिक पर्यटक नेपाल भित्रिने ग्यारेन्टी हुन्छ ।

बिस वर्ष निरन्तर संघर्ष : सरकार अझै रनभुल्ल

अहिलेको अर्थमन्त्री आफैले समेत यसअघि मन्त्री हुँदा होटल उद्योगलाई बजेट मार्फत एक बर्षको लागि भएपनि राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता प्रदान गरीसक्नुभएको हो, बजेट मार्फत एक बर्षको लागि यो लागु समेत भयो तर त्यसपछि फेरी यो बिलिन हुनपुग्यो । यसकारण होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता कानुन निर्माण अथवा संसोधन कै आवस्यकता देखिएको हो । नेपालमा होटल उद्योगले राष्ट्रिय प्राथमिकताको उद्योगको स्टेटस प्रदान गर्दा नेपाल सरकार आफैलाइ ठुलो लाभ हुने निश्चित देखिन्छ । विगत ८ बर्ष देखिन म आफै हानको होटल स्तर निर्धारण कमिटिमा आवद्ध भएर कार्य गर्दै आएको छु, नेपालको पर्यटन प्रवर्धन तथा स्तरवृद्धि गर्न नेपाल सरकार संग नजिकमा रहेर काम गर्दै आइरहेको समेत छु ।

जब पर्यटन तथा उद्योग मन्त्रालय, कानुन मन्त्रालय लगायतले अहिलेसम्म होटल उधोगलाई राष्ट्रिय प्राथमिकताको सुचीमा पार्न अहिलेसम्म यति धेरै कार्य गरिसकेको अवस्थामा अब यसमा ढिलाई गरिरहनु पर्नेमा कुनै औचित्य देखिदैन । कुन स्तरको होटलहरुलाई उद्योग मान्ने कुनलाई नमान्नेमा एउटा बहस चलिरहेको अवस्य हो – तर कुन स्तरको होटलहरुले कति मात्रमा लगानी विस्तार गरेका छन् , कुन तहमा रोजगारी सिर्जना गरिरहेका छन् यसको सटिक तथ्यांक लिएर व्यवशायी र सरकरले छलफल अघि बढाउने हो भने यो कुनै गाह्रो काम होइन, तथ्यांकले प्रस्ट देखाइहाल्छ । सरकारले हेर्ने भनेको कुन क्षेत्रका उधोगहरुले देशलाई कति लामो समयसम्म प्रतिफल दिनसक्छ त्यो नै तय गर्ने होइन र ? नेपालको दिगो विकासको लागी पर्यटन उद्योगले पार्न सक्ने प्रभाव जतिको प्रभाव त अन्य कुनै क्षेत्रले पार्न सक्ने म चाहिं देख्दीन ।

होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगको स्टेटसको माग जायज माग हो

नेपालमा पर्यटक आउँदैनन् भन्ने चिन्ता हाम्रो हुँदै होइन, अहिले एउटा एयरपोर्ट संचालनमा रहदा समेत १० लाख पर्यटक नेपाल भित्रिए , यस बर्ष सरकारको १६ लाखको लक्ष रहेको छ । पोखरा, भैरहवा एयरपोर्टलाइ संचालनमा ल्याउने प्रयास भइहेको छ । काठमाडौँ एयरपोर्टमा दोस्रो टर्मिनलको प्लानिंग चलिरहेको छ । एयरपोर्टहरु जति धेरै संचालनमा आउँछन् पर्यटक आगमन स्वत वृद्धि हुँदै जाने विस्वभर देखिएको फेनोमेनन हो, भारत, चिनमा समेत यसरी नै पर्यटन उद्योगको विकास तीव्र हुन पुगेको हो । अहिलेको हिसाबले त्रिभुवन विमानस्थलको अपग्रेडेसन हुने हो भने ३०/३५ लाख पर्यटक त्यहिबाट भित्रने कुरामा कुनै शंका छैन ।

नेपालमा अहिले बलियो सरकार रहेको छ, हरेक सकारले राष्ट्रिय उद्योगको विकाश नै गर्न खोज्ने हो, पर्यटन उद्योग तथा होटल उद्योगहरु शुद्ध रुपमा राष्ट्रिय उद्योगहरु हुन भने अब यसलाई राष्ट्रिय प्राथमिकताको उद्योगको स्टेटस प्रदान गर्न सरकारलाई दुविधा रहनुपर्ने कुनै कारण नै छैन । यो उद्योगले सबै खाले नेचुरल प्रोटेक्सन, कमुनीटी प्रोटेक्सन, इन्भारमेंटल प्रोटेक्सन, जब क्रिएअसन र सबै भन्दा ठुलो देशको दिगो विकासमा सहयोग पुर्याउने हुँदा यो उद्योगको प्रोटेक्सन गर्नु सकारको दाइत्व समेत हो । यसै कारणले गर्दा वर्तमान सरकारले छिटो भन्दा छिटो नेपालमा होटल उद्योगले राष्ट्रिय प्राथमिकताको उद्योगको स्टेटस प्रदान गर्नेछ भन्नेमा हान लगायत देशका सबै होटलरहरु विस्वस्त छन् ।

हामी देशलाई सधै स्विट्जरल्याण्ड बनाउने कुरा गर्छौ, यो हावादारी कुरा मात्र होइन नेपाललाई सरकारले पर्यटन प्रवर्धनको मध्यमबाट साँच्चिकै स्विट्जरल्याण्ड बनाउन सकिन्छ ।

(यो आलेख होटल एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष, प्रविन बहादुर पाण्डेसँग इन्स्टाखबर डटकमका कार्यकारी सम्पादक लभेश प्याकुरेलले गर्नुभएको भिडियो अन्तर्वार्ताको आधारमा तयार पारिएको हो, भिडियो अन्तर्वार्ता यसै साथ संग्लंग रहेको छ ।)