द टेरेसेस् रिसोर्ट एण्ड स्पाले बिभिन्न पदहरु मा हस्पिटालिटी प्रोफेसनलहरु माग गरेको छ | एच आर मेनेजर, सेफ, हाउस किपिङ, फ्रन्ट अफिस लगायत ९ विभागमा रिसोर्टले कर्मचारी माग गरेको छ |

२०२१ देखि सञ्चालनमा आएको तथा करिब एक सय करोड लगानीमा खुलेको यो रिसोर्टमा २८ वटा स्यान्डर्ड, १६ वटा डिलक्स र २ वटा सुइट छन् । १० वटा भिल्ला भएको यो रिसोर्ट लाकुरी भञ्ज्याङमा रहेको छ | २००० मिटरको उचाइमा रहेको यो रिसोर्ट करिब १०० एकड जमिनमा फैलिएको छ ।



