ओडब्लुएसडीले नेपालकी सुनिता घिमिरे गौतम लगायत१५ महिलाहरूलाई २०२४ अर्ली करियर फेलोशिप प्रदान गरिएको घोषणा गरेको छ । मेडिकल तथा स्वास्थ्य विज्ञानसहित न्यूरोसाइन्स विधा अन्तर्गत सुनितालाई सर्पदंश रोकथाम तथा सोको उपचारमा अत्यावश्यक एन्टिभेनम एन्टिबडीहरू विकास गर्नको लागि यो फेलोशिप प्रदान गरिएको छ । सुनिताको अनुसन्धान परियोजनाले नेपालमा पाइने सर्पहरूaबाट निष्कने विषलाई निष्क्रिय पार्न एन्टिभेनम एन्टिबडीहरू विकास गर्नेछ । सर्पदंश धेरै विकासोन्मुख देशहरूमा बेवास्ता गरिएको उष्णकटिबन्धीय रोग बनेको छ। सर्पदंशले मुख्य रूपमा नेपालको ग्रामीण क्षेत्रमा निम्न सामाजिक(आर्थिक अवस्था भएका महिला, बालबालिका र किसानहरूलाई प्रभावित गर्दछ । एन्टिभेनम सर्प विषको लागि सबैभन्दा आशाजनक एन्तिडोट हो । नेपाले मुख्यतया भारतबाट आयातित एन्टिभेनममा पूर्ण रूपमा निर्भर रहेको हुनाले उपचार महँगो छ र एन्तिडोट सधैं मागभन्दा कम आपूर्ति हुन्छ । सर्पको बासस्थान अनुसार विषको प्रोटीन संरचनामा पाइने भिन्नताले भारतीय एन्टिभेनम नेपाली सर्पहरूबाट आउने विषहरूको लागि उत्तम एन्तिडोट नहुन सक्छ । यसबाहेक, नेपालमा पिट भाइपर विषलाई उपचार गर्न कुनै एन्टिभेनम उपलब्ध छैन । यस परियोजनाले नेपालमा सर्पदंशको उपचारमा प्रभावकारिता, लागत र आपूर्तिको प्रमुख समस्याहरू सम्बोधन गर्न नेपालका सर्पहरूको लागि विशिष्ट एन्टिभेनम विकास गर्नेछ । यसले सर्प विषले बाख्राको रोगप्रतिरोध गराएर एन्टिबडीहरू उत्पादन गर्न एन्टिभेनम उत्पादन गर्नेछ र नेपाली कम्पनी शिखर बायोटेकसँग साझेदारी गर्दै यी एन्टिबडीहरूबाट पोलिक्लोनल गोट एन्टिभेनम उत्पादन गर्नेछ । यसले उपयुक्त एन्टिभेनम थेरापी छनोट गर्न सहयोग पुग्ने इन भिट्रो सर्प विष पहिचान किट पनि विकास गर्नेछ।
सुनिता घिमिरे गौतम , डिपार्टमेन्ट अफ बायोमेडिसिन एण्ड ट्रांस्लेसनल रिसर्च , रिसर्च इन्स्टित्युट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी (RIBB) नेपाल की मुख्य अनुसन्धानकर्ता हुन् ।
डब्लुएसडीको २०२४ अर्ली करियर फेलोशिप पाउने विश्वभरका यी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान कायम राख्न र विश्वभरबाट विद्वानहरूलाई सहयोग गर्न विकासशील देशका १६ राष्ट्रमा आफ्नो देश, संस्थामा अनुसन्धान परियोजना नेतृत्व गर्न र अनुसन्धान समूह स्थापना गर्न अधिकतम ५०,००० अमेरिकी डलरसम्म प्राप्त गर्नेछन्। फेलोशिपको लागि अनुदान क्यानडाको इन्टरनेशनल डेभलपमेन्ट रिसर्च सेन्टर (आईडीआरसी) द्वारा प्रदान गरिएको छ ।
यस वर्ष फेलोसिप पाएका बैज्ञानिकहरुले तन्जानियामा स्वास्थ्य र ऊर्जा पूर्वाधारमा कमजोरीहरू फेला पार्न एआई प्रयोग गर्ने, ग्वाटेमालाको पर्वतीय श्रृंखलामा महत्वपूर्ण ओक वनहरू संरक्षण गर्न सहयोग पुर्याउनेदेखि नेपालमा विभिन्न प्रकारका सर्पदंशसँग जुझ्न एन्टिभेनम विकास गर्नेसम्मका परियोजनाहरूमा काम गर्ने ओडब्लुएसडीले जनाएको छ ।




