रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णीम वाग्लेले सामान्य जानकारी नराख्दा आलोचनामा परेका छन् । पार्टी सहमहामन्त्री समेत रहेकी सांसद सुमना श्रेष्ठसँगको सार्वजनिक भएको कुराकानीको भिडियोमा वाग्लेले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ लाई राष्ट्रकवि भनेका छन् । जबकी नेपालका राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे हुन् ।

डा. वाग्लेले राष्ट्रिय गान ‘सयौँ थुंगा’ मा गोपाल योन्जनले संगीत भरेको बताएका थिए जबकी राष्ट्रिय गानमा वरिष्ठ संगीतकार एवं संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति स्वर्गीय अम्बर गुरुङले दिएका हुन् ।

कुराकानीमा सुमनाले तपाईँले पहिलो नेशनल एन्थम कहिले सुन्नुभयो ? भनेर प्रश्न गरेकी थिइन् । त्यसको जवाफमा वाग्लेले भनेका थिए, ‘हाम्रो व्याकुल हो कि के कवि जी, हाम्रो राष्ट्र कवि । उहाँ भनेपछि आई एम भेरी क्यूरियस्, एउटा जनजाती पृष्ठभूमीको कविले एकदमै नेपालको राष्ट्रिय गीत गाएर गोपाल, हाम्रो हुनुहुन्थ्यो नि गोपाल योन्जन, गोपाल योन्जनले म्यूजिक भर्नु भएको भनेर न्यूज पढेपछि गूगल गरेर सोधखोज गरेको याद छ मलाई ।’
उनले त्यो बेलामा आफूले श्रीमान गम्भीर नेपाली गाएर हुर्किएको व्यक्ति एकैपटक नयाँ राष्ट्रिय गान आउँदा छुट्टै महसुस भएको समेत बताएका छन् ।
उनको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै आलोचना भइरइरहेको छ । विश्वको उत्कृष्ट विश्वविद्यालयमा पढेर विश्वका प्रतिष्ठित संस्थाहरुमा काम गरेको व्यक्तिमा सामान्य ज्ञान नभएको भन्दै आलोचना भइरहेको छ ।
यो समाचार तयार पार्दा सम्म सो क्लिप एडित गरि सकिएको छ ।
