पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा राजकीय सम्मान प्रदान गरिएको छ । निजीभ्रमणका शिलशिलामा बिहीवार भुटान पुगेका पूर्वराजा शाहलाई भुटानी राजपरिवारले राजकीय सम्मान प्रदान गरेको हो । पुर्वराजा शाह परिवारका सदस्य सहित भुटानको राष्ट्रिय बायुसेवाको चार्टर फ्लाइटबाट बिहिबार भुटानको राजधानी थिम्पु पुगेका हुन् । शाहलाई थिम्पुस्थित पारोअन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेमवाङचुकले स्वागत गरिन् । भुटान भ्रमणमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ । पुर्वराजा शाह भुटानका राजा जिग्मे सिंगे वान्चुकको निमन्त्रणामा हिजो बिहिबार भुटान गएका हुन् ।


पूर्वराजा शाहसहित उनकीछोरी प्रेरणा र परिवारकासदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका छन् । भुटान भ्रमणमा व्यस्त रहेका ज्ञानेन्द्र शाहसँग भुटानका राजा जिग्मे केशर नामग्याल वान्चुक र रानी जेत्सुन पेमासंग भेटघाट भएका तस्विरहरु सार्वजनिक गरिएको छ ।
भुटानमा रहँदा पूर्वराजा शाहले विभिन्न धार्मिक क्षेत्रकोभ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने जनाइएको छ ।





