सडक भासिएपछि दाउन्नेमा सडक अवरुद्ध

समाचार

पश्चिम नवलपरासीको दाइउन्नेमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।

आज साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट ४ स्थित खुर्सानी खोलामा सडक भासिएको हो। दाउने उकालोमा यसअघि नै भासिएको स्थानमा सडक भासिएकाले डोजर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अहिले बर्दघाट र दुम्कीबास क्षेत्रमा सवारी साधनको लामो लाम लागेको छ। दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ। चाडबाडको समयमा पटक पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्न बाध्य भएका छन्।