शान्तिवाटिकाबाट सिंहदरबार भित्र प्रवेश गर्ने भन्दै मार्चपास सुरू
विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । आइतबार उनीहरू राजधानीको सडकमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् । शान्तिवाटिकाबाट उनीहरू सिंहदरबार भित्र प्रवेश गर्ने भन्दै मार्चपास सुरू गरेका हुन्। सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने तथा बचतकर्ताहरूको रकम सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ ।


