विवादै विवाद बीच पनि प्रशिद्ध “ग्लुमी सन्डे”

मनोरंजन रोचक

“ग्लुमी सन्डे” गीतको रचना रेस्जो सेरेश द्वारा गरिएको थियो। यो गीत पहिलो पटक १९३३ मा रिलिज भएको थियो, र त्यसपछि विभिन्न भाषामा यसलाई अनुवाद गरिएको थियो।

यो गीत एक निराश मान्छेको बारेमा छ, जो आफ्नो पुर्व प्रेमीको लागि लालसा गर्दै, सेतो गुलाब र प्रार्थनाको साथ हरेक आइतवार फर्केर आउने प्रतीक्षा गर्दैछ । यद्यपि यो स्पष्ट रूपमा भनिएको छैन, तर गीतमा रहेका शब्दहरूले उनको प्रेमीको मृत्यु भएको संकेत गर्दछ।

ग्लुमी सन्डेको विषयवस्तु निराशा, एक्लोपन, र मृत्युको इच्छामा केन्द्रित छ। गीतमा एक व्यक्ति आफ्नो जीवनको निराशा र अस्तित्वको संकटबाट मुक्त हुन चाहन्छ। गीतको शब्दहरू अत्यन्तै भावनात्मक र गम्भीर छन्, जसले श्रोताहरूलाई गहिरो प्रभाव पार्छ।

यो गीतको लोकप्रियता र गम्भीर विषयवस्तुका कारण यसको बारेमा विभिन्न चर्चा र विवादहरू भएका छन्। केही मानिसहरूले यो गीतलाई आत्मह’त्यालाई प्रोत्साहन गर्ने मान्छन्, जबकि अन्यले यसलाई मानसिक स्वास्थ्यका समस्याहरूलाई उजागर गर्ने माध्यम मान्छन्।

“ग्लुमी सन्डे” हंगेरीको संगीत इतिहासमा एक महत्वपूर्ण गीत हो, यो गीतले मानिसहरूलाई मानसिक स्वास्थ्यका समस्याहरूलाई सम्बोधन गर्न प्रेरित गर्ने आशा राख्न सकिन्छ।

किन ब्याण्ड गरिएको थियो “ग्लुमी सन्डे”?

“ग्लुमी सन्डे” गीतको गम्भीर विषयवस्तु र यसले आत्मह’त्यालाई प्रोत्साहन गर्ने सम्भावनाका कारण केही देशहरूमा यसलाई बन्द गरिएको थियो।

गीतको शब्दहरूले निराशा, एक्लोपन, र मृ’त्युको इच्छालाई प्रस्तुत गर्दछ, जसले केही मानिसहरूलाई आत्मह’त्याको विचार गर्न प्रेरित गर्न सक्छ। यस कारणले गर्दा केही देशहरूले यो गीतलाई रेडियो र टेलिभिजनमा बजाउन प्रतिबन्ध लगाएका थिए। यद्यपि गीतले आत्मह’त्यालाई प्रोत्साहन गर्ने आशय भने राख्दैन, यसले मानसिक स्वास्थ्यका समस्याहरूलाई उजागर गर्दछ।

यद्यपि “ग्लुमी सन्डे” गीत ब्याण्ड गरिएको विषयमा थुप्रै चर्चा र विवादहरू उत्पन्न भएको थियो । एक घरेलु कामदार जसले गीतको नोटेसन समात्दै सोडियम हाइड्रोक्साइड पिए; र अर्का एक अर्थ मन्त्रालयका सल्लाहकार, जसले ट्याक्सीमा ह्यान्डगनले टाउकोमा गोली हाने र आफ्नो सुसा’इड नोटमा गीतको शब्द उद्धृत गरेका कारण १९३५ को प्रारम्भमा, हंगेरीका स्थानीय प्रेसहरुले यस गीतलाई आत्महत्यासँग जोड्न थालेका थिए ।

केही प्रेसले सेरेसलाई उनको सिर्जनालाई सुसा’इडहरुसंग जोडेर निरन्तर आक्रमण गरे। ‘द हंगेरियन सुसा’इड गीत’ को कथा हंगेरी बाहिर स्विजरल्याण्ड, इटाली, फ्रान्स र जर्मनी जस्ता ठाउँहरूका अखबारहरूले पनि उठाए।

बीबीसीले यस गीतलाई २००२ सम्म प्रतिबन्ध लगाएको थियो।

OMEGA – Journal of Death and Dying ले औंल्याए झैं, ग्रेट डिप्रेसनका कारण सन् १९३० को दशकमा विश्वभर आत्मह’त्याका घटनाहरुमा ठूलो वृद्धि भएको थियो। सम्भवतः, पहिले नै निराश र उदास भएका मानिसहरू गीतको सन्देश र गहिरो धुनमा आकर्षित भएका थिए, तर यो गीतले उनीहरूलाई आत्मह’त्या गर्न प्रेरित भने गरेको थिएन थिएन। यसबाहेक, कुनै प्रमाण छैन कि कलाको कुनै टुक्राले आत्महत्या दर बढेकोमा वैज्ञानिक रूपमा महत्त्वपूर्ण सम्बन्ध हुन सक्छ – यस विषयमा थप अनुसन्धान आवश्यक छ।

१९६८ मा, Rezső Seress ले बुडापेस्टस्थित आफ्नै अपार्टमेन्टको बालकनीबाट हाम फाले, तर खसेर पनि उनी बाँचे। त्यसपछि अस्पतालमा उनले तारले घाँटी थिचेर आत्महत्या गरेका थिए ।

जे होस्, निर्विवादीत के छ भने “ग्लुमी सन्डे” ले निकै अनौंठो, तर निकै गाढा संगीतको रहस्यमय विरासत पनि छोडेको छ, जसले दशकौंमा सो गीतको धेरै भिन्न प्रस्तुतिहरू जन्मायो , तर विशेषत १९४१ मा अमेरिकी ज्याज गायक बिली हलिडेद्वारा गाईएको यस गीतको भर्सन धेरैको मनमा बस्न सफल भयो ।

“ग्लुमी सन्डे” को नेपालीमा  अनौपचारिक भावानुवाद 

आइतबार उदास छ,
मेरा घण्टाहरु निन्द्रारहित छन्
म संग बस्ने प्रिय छायाँहरु 
संख्याहीन छन्।

साना सेता फूलहरूले
तिमीलाई कहिल्यै उठाउने छैन।
जहाँ कालो कोच होइन
दु:खले तिमीलाई लिएको छ।

देवदूतहरुको कुनै विचार छैन
तिमीलाई फर्काउने
यदि म नै त्यहाँ सामेल हुने
बिचार गरे भने
के तिनीहरू रिसाउनेछन्  ?

उदास आइतबार

उदास छ आइतबार,
छायाँहरु संग मैले यो सबै खर्च गरें
मेरो मन र मैले ,
यो सबै समाप्त गर्ने निर्णय गरें

चाँडै त्यहाँ मैनबत्ती हुनेछ
र प्रार्थनाहरू भनिनेछन् , जुन मलाई थाहा छ
तिनीहरूलाइ रुन नदिनुस्
तिनीहरूलाई थाहा दिनुहोस्
कि म जान पाउँदा खुसी छु।

मृत्यु सपना होइन,
किनकि मृत्युमा म तिमीलाई स्याहार गर्दैछु
मेरो आत्माको अन्तिम सास लिएर,
म तिमीलाई आशीर्वाद दिनेछु

उदास आइतबार

सपना देखेँ, सपना मात्रै देखिरहें ।
म उठे र तिमीलाई सुतिरहेको भेटें
मेरो हृदयको गहिराइमा, प्रिय।

प्रिय, मलाई आशा छ
मेरो सपनाले तिमीलाई कहिल्यै सताएन।
मेरो मनले तिमीलाई भानिरह्त्यो ,
म तिमीलाई कति चाहन्थेँ।’