आज नेपाल र भुटानबीच सेमिफाइनल भिडन्त (साफ यु–२०)

खेलकुद

साफ यु–२० च्याम्पियनसिप फुटबलमा अन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दैछन् ।

खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा सुरु हुने छ । नेपाल समूह ’ए’ को विजेता र भुटान समूह ’बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यस्तै, दोस्रो सेमिफाइनलमा सोमबार  भारत र बङ्गलादेश खेल्नेछन् ।

लगातार वर्षाका कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो । फाइनल खेल बुधवार दशरथ रङ्गशालामा हुनेछ ।