दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

समाचार

पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा भाँसिएको सडक मर्मत गरी केहिछिन एकतर्फी जाम खुले पनि पुनः दुइतर्फी सडक अवरुद्ध भएको छ ।

बर्षातको कारण माथीबाट लेदो सहितको पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो ।
पूर्वपश्‍चिम राजमार्गमा २८ गते ५ बजेदेखि सडक अवरुद्ध भएको थियो ।