भारतमा हिंडनबर्गको सेबी बम, अडानी र माधवी बुच एक्स्पोजड

अन्तराष्ट्रिय अर्थ

अमेरिकाको शर्ट सेलिङ्ग फर्म हिंडनबर्ग रिसर्च ले दावा गरेको छ – भारतको सेयर बजार नियमक निकाय सेबी अध्यक्ष माधवी बुच र उनका पती को अडानी मनी सफ़निङ्ग मामिलामा दुवै को अडानी का अफ्सोर कम्पनीहरु मा पर्ट्नर्शिप लगानी रहेको खुलासा गरेको छ। एक दिन अगाडी शनिबार “इन्डियामा केही बिशेष हुदै” भन्ने संदेश जारी गरेको हिंडनबर्गले आज मध्य-रातमा यो खुलासा गरेको हो।

हिंडनबर्गले व्हिसलब्लवर्सबाट प्राप्त रिपोर्टहरुको आधारमा भारतीय अरबपती अडानीका अफ्सोर कम्पनीहरुमा भारतको सेयर बजार नियमक निकाय सेबी अध्यक्ष माधवी बुच र उनका पतीको चलखेल रहेको र यसले गर्दा आफुहरुले १८ महिना अगाडी खुलासा गरेको १८ अर्ब रुपैयाको घोटालाको छानबिनमा भारतको सेबीले जानी-जानी हेल्चेक्र्याई गरेको दाबि समेत गरेको छ।

हिण्डन्बर्गले आफु लगायत ४० भन्दा बढी स्वतन्त्र मिडियाहरुले अनिमियता खुलासा गर्दै १८ महिना अघि कारबाही माग गरेकोमा यसै मिलोमितोका कारण सेबीले अडानी समुहलाइ कुनै कारवाही नगरेको र उल्टै आफुलाइ कारण देखाउ नोटिस पठाएको आरोप लगाएको छ।

अडानी समुह भारतको सर्वाधिक ठुलो बिजनेस ग्रुप हो, पछिल्लो १० वर्षमा यस ग्रुपले अप्रत्यासीत प्रगती गरेको र यसमा नरेन्द्र मोदी सरकारको बिशेष कृपा रहेको भारतका विपक्षि दलका नेता राहुल गान्धीले लगाउदै आएका थिए। भारत कै सेयर बजारको नियमक निकायका अध्यक्ष माधवी बुच र उनका पतीलाइ जोडेर जारी भएको यो रिपोर्टले अब भारतको सेयर बजा मा कस्तो हलचल ल्याउने हो त्यो भने हेर्न बाँकी नै छ।