नेपाली चिया मोह : दैनिक जीवन, सामाजिक सम्बन्ध र संस्कारको अभिन्न हिस्सा

रोचक

नेपालमा चियाको संस्कृति गहिरो र व्यापक छ। आम नेपालीको लागि चिया केवल एक पेय पदार्थ मात्र होइन, यो हाम्रो दैनिक जीवन, सामाजिक सम्बन्ध र संस्कारको अभिन्न हिस्सा हो। चियाको एक घुट्कोले हामीलाई ताजा र ऊर्जावान बनाउँछ , नेपालीको मन मस्तिस्कमा छाएको छ चिया । नेपाली चिया संस्कृति विविध र रोचक छ। चिया आम नेपाली जीवनशैलीको एक अभिन्न अंग हो।

नेपाली समाजमा आतिथ्यको ठूलो महत्व छ। चिया पाहुनालाई स्वागत गर्ने परम्परागत तरिका हो। एक कप चियाले हार्दिकता र सम्मान व्यक्त गर्दछ। चिया पसलहरू नेपाली समाजको महत्वपूर्ण जमघट केन्द्र हुन्। यहाँ मानिसहरू भेला भई कुराकानी गर्छन्, समाचार साटासाट गर्छन् र समय बिताउँछन्।

चिया खानुको मजा नै बेग्लै छ। तपाईंलाई निन्द्रा लाग्दै छ? एक कप चियाले झट्टै उठाइदिन्छ। पढाइमा मन नलागेको? चियाले ब्रेक दिएर फ्रेस बनाइदिन्छ। साथीहरूसँग गफ गर्दा पनि चियाको चुस्कीले माहोल झन् तातो बनाइदिन्छ।

नेपालमा बिशेषत मन पराइने चियाको प्रकारमा पहिलो नम्बरमा दुध चिया पर्दछ। पाहुनालाई हत्तपत्त कालो चिया हैन दुध चिया ले नै सत्कार गरिन्छ । स्वास्थ्यको हिसाबले भने कालो चिया, ग्रीन ती तथा विभिन्न फूल, जडीबुटी र मसलाको स्वादमा पनि पिउने चलन छ।

चाहे तपाईं एक्लै बसेर मनोरञ्जन लिन चाहनुहुन्छ वा साथीहरूसँग समय बिताउन चाहनुहुन्छ, चिया सधैं तपाईंको साथी बन्न सक्छ र  तपाईंलाई तनावबाट मुक्त गराउन सक्छ।

त्यसकारण, आजै एक कप चियाको चुस्की लिंदै दिनको सुरुवात गर्नुहोस तर धेरै चिया भने ग्यास्ट्रिकको निम्ता हुनसक्छ ध्यान दिनुस है।

अनि तपाईं कुन प्रकारको चिया मन पराउनुहुन्छ? हामीलाई कमेन्ट गरेर बताउन नभुल्नुस है !