कोका–कोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्शाहन गर्दछ ।सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो भने काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीहरूबाट रोचक विचार र व्यवसायिक योजनाका प्राप्त भएको थियो ।
आवेदकहरूका नवीन विचारहरू र सफलताको सम्भावनाको आधारमा १० असाधारण फाईनलिस्टहरू सावधानीपूर्वक चयन गरिएका थियो । फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनोट भएका थिए ।
कार्यक्रमभर पÞmाइनलिस्टहरुले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सम्मानित सल्लाहकारहरूको अवलोकनमा रहेर विभिन्न सेशनहरुमा भाग लिएका थिए ।
नगद पुरस्कार र प्रमाणपत्र कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक श्री दीपक सेन्थिल नाथ, कोका–कोलाका अन्य अधिकारीहरू र एटेलियर प्लेटफर्म प्रा.लि कि संस्थापक रितु गुरुङ केसीले प्रदान गरेका थिए । कार्यक्रम जुलाई २६, २०२४ मा एलायन्स फ्रान्काइज काठमाडौं (एएफके) अडिटोरियम, जावलाखेलमा भएको थियो । सहभागीहरूले आफ्ना विभिन्न नवीन, समसामयिक र प्रतिभाशाली अवधारणाहरू र व्यावसायिक योजनाहरू कुशल व्यवसायीहरूको प्रतिष्ठित निर्णायक मण्डल समक्ष प्रस्तुत गरेका थिए । निर्णायकहरु द्वारा गहन मूल्याङ्कन पछि, सुश्री रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, सुश्री श्रेया मल्ल र सुश्री शालु थापाको नेतृत्वमा रहेको पाल र सुश्री प्रतिमा बस्याल र सुश्री प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो । साथै प्रत्येक व्यवसायले रु १,००,००० को नगद पुरस्कार प्राप्त गरेका थिए ।
महिलाहरूको आर्थिक सशक्तिकरणमा ध्यान केन्द्रित गरेर, कोका–कोलाले समृद्ध र साझा भविष्यतर्फ डो¥याउने पारस्परिक लाभहरू उत्पन्न गर्ने प्रयास गर्छ । यस पहलले महिला, उनीहरूको परिवार र उनीहरूको समुदायको आर्थिक कल्याणका साथै समावेशी व्यापार वृद्धि र विकासलाई पनि बढावा दिन्छ



