निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले फिर्ता लिए नाम

विविध

निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिनुभएको छ ।

संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको थियो ।

प्रधानको विषयमा निर्णय गर्न बिहान साढे ११ बजेका लागि डाकिएको बैठक अपराह्न ५ बजेका लागि सारिएको छ ।