स्कुल बस दुर्घटनामा २ को मृत्यु, २८ जना घाइते

विविध

पोखरास्थित एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस आज विहान दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या २ पुगेको छ ।

मृत्यु हुनेमा विद्यालयका कार्यालय सहयोगी पोखरा-२१ बस्ने ३३ वर्षीय आरती विक र सोही स्थान बस्ने ६ वर्षीय विद्यार्थी प्रिन्स विक रहनु भएको छ। मृतक आमा छोरा रहेको बुझिएको छ।

आज बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार थिए।

घाइते मध्ये हाल १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ। उहाँहरुको अवस्था सामान्य छ भने अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट लागेको छ।