ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको छ । आगलागीको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले दमकललाई पुनः सञ्चालनमा ल्याएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ललितपुरका मेयर चिरीबाबु महर्जनले ४२ वर्षदेखि पार्ट्स नपाएर थन्किएको दमकललाई अमेरिकाबाट पार्ट्स ल्याएर मर्मत गरी सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार ७३–७४ सालमा लिलामीमा राखिएको दमकलको सूचना पाएपछि उक्त दमकललाई पुनः प्राप्त गरी मर्मत गरिएको हो ।
यो दमकलको विशेषता भनेको यसको चक्का कहिल्यै पञ्चर नहुने र सिसा पनि नफुट्ने रहेको छ । त्यस्तै, यो दमकल छिटो आगो निभाउन सक्षम रहेको मेयर महर्जनले बताए ।
काठमाडौं महानगरपालिकामा थन्किएका दमकलहरु:

ललितपुर महानगरपालिकाले पुरानो दमकललाई मर्मत गरेर सञ्चालनमा ल्याएपनि काठमाडौं महानगरपालिकामा भने त्यस्तै खालका दमकलहरु थन्किएर बसेका छन् । काठमाडौं महानगरपालिकामा पनि ऐतिहासिक तथा पुराना दमकलहरु थन्किएर बसेका छन् तर ती दमकलहरु मर्मतको अभावमा प्रयोगमा आउन सकेका छैनन् ।
काठमाडौं महानगरपालिकाले पनि थन्किएर बसेका दमकलहरुको मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता छ ।
ललितपुर महानगरपालिकाले पुरानो दमकललाई मर्मत गरेर सञ्चालनमा ल्याएर ऐतिहासिक सम्पदाको संरक्षण गर्नुका साथै आगलागीबाट हुनसक्ने क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ । साथसाथै एक सताब्दी पुरानो जिवन्त संग्रहालयको रूपमा पनि ललितपुरको हालै संचालनमा आएको दमकललाई लिन सकिन्छ ।



