नेपालले यूएईलाई ६ विकेटले हरायो

खेलकुद

महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ ।

यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गर्न नेपालकी सम्झना खड्काले उत्कृष्ट योगदान दिइन ।

नेपालको उत्कृष्ट प्रदर्शनमा सम्झनाले अविजित ७२ रन जोडिन ।

सम्झनाको अन्तराष्ट्रिय प्रतियोगितामा यो पहिलो अर्ध शतक हो ।

नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिइन ।

यस अघि टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।