राजर्षि जनक क्याम्पसले लियो नव निर्मित भवनमा प्लस टुको प्रवेश परिक्षा

स्वास्थ्य-शिक्षा
जनकपुरधामको विद्यापति चौक स्थित राजर्षिजनक क्याम्पसले प्लस टुको नयाँ सेशनका लागि प्रवेश परिक्षा लिएको छ । क्याम्पसको नव निर्मित भवनमा बुधबार लिइएको प्रवेश परिक्षा लिएको हो ।
परिक्षामा सफल हुने विद्यार्थीहरु उच्च शिक्षा अन्तर्गत कक्षा ११ मा भर्ना हुन पाउने जनाइएको छ।
विज्ञान, बाणिज्य र मानविकी संकायमा कक्षा ११ मा भर्नाका लागि प्रवेश परिक्षा लिइएको र बिहीवार नतिजा आउने प्रिन्सिपल धर्मेन्द्र झाले बताए । हिसान धनुषाका अध्यक्ष समेत रहेका सञ्चालक संजिव कुमार ठाकुरले जनकपुरधामका विद्यार्थीहरु उच्च शिक्षाका लागि काठमाण्डौ भाग्नु बिडम्वना रहेको बताए । उनले अझै जनकपुरधामको शैक्षिक संस्थाहरु सवल रहेको टिप्पणी गरे ।
सञ्चालक तथा निर्देशक निरज कुमार झा गुड्डुले क्याम्पसको आफनै एक भिजन रहेकाले जस्तो सुकै परिस्थितीमा पनि गुणस्तरीय शिक्षा र शिक्षण प्रणालीमा सम्झौता नगर्ने बताए । क्याम्पस सञ्चालन हुदै आएको भवन देखि केहि मात्र दक्षिण राम्रो क्षेत्रफलमा क्याम्पसको आफनै नयाँ भवन सञ्चालनमा आएको छ ।