वनप्लसले मनसुन बोनान्जा नामक अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले आफ्ना स्मार्टफोनमा १७ हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ ।
‘रेनिङ वन प्लस दिस सिजन’ नारा रहेको यो अफर यो अफर १५ जुलाई २०२४ देखि सुरु हुनेछ। अफर अवधिभर ग्राहकले ५३ हजार ९९९ रुपैयाँ पर्ने वनप्लस नोर्ड सीईथ्री फाइभजी स्मार्टफोन खरिद गर्दा १७ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।
त्यस्तै ४५ हजार ९९९ रुपैयाँ रहेको वनप्लस नोर्ड सीईथ्री लाइट फाइभजी ३४ हजार ५९९ रुपैयाँमा पाउन सक्नेछन् । यसका साथै हालै सार्वजनिक भएको वनप्लस नोर्ड एन ३० एसई पनि १८ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने छ । यसअघि यो फोनको मूल्य २६ हजार ४९९ रुपैयाँ रहेको थियो ।
यसमा ग्राहकले अतिरिक्त २९९ रुपैयाँ तिर्दा एक हजार ९९९ रुपैयाँ पर्ने वनप्लसको ३३ वाटको सुपरभोक एडप्टर पाउन सक्छन् ।
कम्पनीका अनुसार ग्राहकले छुट दिइएका यी फोनहरू वनप्लसको आधिकारिक वितरक तथा अनलाइन प्लेटफर्मबाट खरिद गर्न सक्नेछन् ।



