मधेश प्रदेशमा ६८ प्रतिशत स्थानीय तहले समयभित्र बजेट ल्याएनन

अर्थ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४० प्रतिशत स्थानीय तहले मात्र कानुनले तोकेको समय सिमा असार १० भित्र स्थानीय तहको बजेट नगर सभा/ गाउसभामा पेश गरेका छन् । ६० प्रतिशत स्थानीय तहले बजेट कानुनले निर्दिष्ट गरेको समय भित्र बजेट सार्वजनिक गर्न सकेनन् । सवै भन्दा बढी मधेश प्रदेशमा ६८ प्रतिशत स्थानीय तहले समय सीमा भित्र बजेट सार्वजनिक गरेका छैनन् । मधेश प्रदेशका १३६ स्थानीय तह मध्ये हाल सम्म ४३ स्थानीय तहले मात्र बजेट पेश गरेको विवरण मन्त्रालयको वेभसाइटमा प्रविष्ट गरिएको छ ।