नागरिकता किर्ते मुद्दामा कान्तिपुरका मालिक कैलास सिरोहिया पक्राउ

समाचार

कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया पक्राउ परेका छन् । थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै उनलाई पक्राउ गरिएको हो । धनुषा जिल्ला अदालतको आदेशमा सिरोहियालाई मंगलबार साँझ ५ः४० बजे पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कान्तिपुरकै कार्यालयबाट पक्राउ गरी धनुषा पठाउने तयारी गरेको छ । उनलाई आजै साँझ विमानमार्फत् धनुषा पठाउने तयारी भएको अपराध महाशाखाका एक प्रहरी अधिकृतले लोकपथलाई बताए ।