लोकसेवाले खोलेको विज्ञापनप्रति निजामति कर्मचारीको आपत्ती

समाचार

कोशी प्रदेशको लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौं तहको विज्ञापनप्रति निजामति कर्मचारीहरुले आपत्ती जनाएका छन् । कोशी प्रदेश लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौँ तहको विज्ञापन प्रदेश निजामति ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन् । आयोगले नवौं तहको कुल १६ पदमा २२ जना कर्मचारी माग गर्दै विज्ञापन खोलेको थियो । लोकसेवाले खोलेको उक्त विज्ञापन प्रदेश निजामती सेवातर्फ नवौं तहका विभिन्न सेवा, समूह र उप–समूहको प्राविधिक तथा अप्राविधिक पदका लागि थियो । लोकसेवाले गरेको उक्त विज्ञापन नियमसंगत् नरहेको भन्दै आठांै तहका लेखा अधिकृतहरूले रद्द गर्न माग गरेका छन् ।

कोशी प्रदेश लोकसेवा आयोगले भने प्रदेश निजामति सेवा ऐनकै व्यवस्था बमोजिम आफुहरूले विज्ञापन खुलाएको दाबी गरेको छ । कोशी प्रदेश लोकसेवा आयोगका कार्यबाहक अध्यक्ष टिकादत्त राईले निजामती सेवा ऐनकै व्यवस्था अनुसार विज्ञापन गरिएको बताए ।

कार्यवाहक अध्यक्ष राईले ओएनएम गर्ने कुरा जुन दफामा उल्लेख भए पनि दफा ८ को उपदफा १ बमोजिम संघीय सरकारबाट हस्तान्तरण भएका पदहरूमा भने पदपूर्ति गर्न यो ऐनले बाधा नपु¥याउने भनिएका कारण विज्ञापन आह्वान गरिएको आयोगले स्पष्ट पारे ।