जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना

समाचार

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । पूर्वमन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो । काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी दुर्घटनामा परेको हो ।  दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन् ।