राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषदमा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ ।
रास्वपाको आज बसेको बैठकले सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसैगरी, उपसभापति डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।



