उज्बेकिस्तानमा कफ सिरप प्रकरणमा संलग्न २३ जनालाई २० वर्षको जेल सजाय

अन्तराष्ट्रिय

६८ जना बालबालिकाको मृत्यु हुने गरी भएको दुषित कफ सिरप प्रकरणमा उज्बेकिस्तानको एक अदालतले २३ जनालाई जेल सजाय सुनाएको छ ।

उनीहरुलाई कर छली, नक्कली औषधि बिक्री, लापरवाही, किर्ते र घुसखोरीको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । उनीहरुलाई दुई देखि २० वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई २० वर्षको जेल सुनाइएको छ । सजाय पाउनेहरुमा सो औषधिलाई इजाजतपत्र दिने जिम्मेवार अधिकारीहरू पनि रहेका छन् ।

दुषित सिरप भारतको मेरियन बायोटेकले उत्पादन गरेको थियो र उजबेकिस्तानको कुरम्याक्स मेडिकलले वितरण गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले एक वर्ष अघि मेरियन बायोटेकले उत्पादन गरेको कफ सिरप गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्न भनेको थियो । उज्वेकिस्तानमा सो सिरप खाएका १८ बालबालिकाको मृत्यु भएपछि नै डब्ल्यूएचओले सचेत गराएको थियो ।