रसुवामा निमार्णाधीन जलबिद्युत आयोजनाबाट एक महिनाभित्र १५३ दशमलब ४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
रसुवाको गोसाईकुण्ड गाँउपालिका एक र दुईमा निर्माण भएको १११ मेगावाटको रसुवागढी तथा आमाछोदिङ्मो गाँउपालिकाको पाँचमा निर्माण भएको ४२.४ मेगावाटको सान्जेनको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको हो ।
यी आयोजनाहरूबाट उत्पादित बिजुली जोडिने प्रसारण लाइनको काम पनि अन्तिम चरणको काम भइरहेको आयोजनाले जानकारी दिएको छ ।

प्रसारणलाइन निर्धारित समयमा पूरा भए उत्पादित विद्युत् प्रणालीमा थप भई जडित क्षमता बढ्ने छ । अहिले प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेका रसुवागढी र सान्जेन परीक्षणको चरणमा छन् । रसुवागढीको सम्पूर्ण संरचनाको सफलरूपमा परीक्षण (ड्राई टेस्ट) पूरा भएको आयोजनाले जानकारी दिएको छ ।
