युक्रेनलाई ६० अर्ब डलर सैन्य सहायता उपलब्ध गराउने बाइडेनको आश्वासन

अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता जसरी भएपनि जारी गर्ने आश्वासन दिनु भएको छ । अमेरिकी कंग्रेसबाट अन्तिम स्वीकृति चाहिने भएपनि बाइडेनले जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता जसरी भएपनि जारी गर्ने आश्वासन दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी कंग्रेसबाट यो सहायता स्वीकृत हुनेमा विश्वस्त रहेको बाइडेनको भनाइ छ । रुसको कब्जामा रहेको डोनेट्स्कको छेउमा रहेको अव्दिभका सहरबाट युक्रेन आफ्ना सैन्य फौज फिर्ता गर्न बाध्यभएको अवस्थामा बाइडेनको आश्वासन निकै महत्वपूर्ण रहेको युक्रेनले जनाएको छ ।

युक्रेन अव्दिभकाबाट फिर्ता हुनुमा कंग्रेसको समर्थन नहुनु रहेको ह्वाइट हाउसको विश्लेषण छ । गत वर्ष बाख्मुतमा कब्जा गरेको रुसका लागि यो पनि ठुलो उपलब्धि मानिएको छ । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै युक्रेनले अव्दिभकाबाट पछि हट्नुको मुख्य कारण गोलाबारुदको अभाव रहेको बताएको छ ।