नेपाल नामिबियासँग ४ विकेटले पराजित

खेलकुद

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अल आउट हुँदै १३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै जान निकोलले ३१ रन, माइकल भान लिनगेनले २३ रन तथा  निकोलास डाविनले १५ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । रोहित पौडेले पनि एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।