खेलकुद सप्ताहका विजयी विद्यार्थीहरू पुरस्कृत

खेलकुद

पूर्वाञ्चल विश्वविद्यालय ‘कलेज अफ ल’ ले विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।

त्यस अवसरमा आयोजित खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई बुधवार मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको छ ।

विजयी विद्यार्थीहरूलाई कला, शिक्षा तथा कानुन संकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल, क्याम्पस प्रमुख महेशप्रसाद निरौला लगायतले एक कार्यक्रमकाबीच मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

एक सय मिटर महिला दौड प्रतियोगितामा प्रमिला खड्का प्रथम, मुना कार्की द्वितीय र पूजा आचार्य तृतीय भए । पुरुष एक सय मिटर दौडमा अभिषेक राई प्रथम, भरतबहादुर साउद द्वितीय र यस कुशवाह तृतीय भए ।

चेसमा खुला तर्फ रणजित लावती प्रथम, उदगम पौडेल द्वितीय र नितेश कुमार मण्डल तृतीय भए । व्याडमिन्टन महिला डबलमा नितिला खतिवडा र कृतिका पुडासैनीको समूह प्रथम भयो भने श्रेया तिम्सिना र अन्नपूर्ण गिरीको समूह द्वितीय भयो ।

व्याडमिन्टन पुरुष डबलमा रणजित लावती र पवन बुढाथोकीको समूह प्रथम तथा अमनकुमार महतो र समिर चौधरीको समूह द्वितीय भयो ।

त्यस्तै, टेबुल टेनिस महिलातर्फ कृतिका पुडासैनी प्रथम, ऋचा वस्ती द्वितीय र निनम्मा राई तृतीय भए । पुरुषतर्फ उदगम पौडेल प्रथम, नितेशकुमार मण्डल द्वितीय र शेषकान्त ताजपुरिया तृतीय भए ।

त्यसैगरी, भलिबल महिलातर्फ बीए एलएलबी पहिलो वर्षको समूह प्रथम र बीए एलएलबी दोस्रो वर्ष द्वितीय भए । क्रिकेटमा पुरुषतर्फ बीए एलएलबी दोस्रो वर्ष प्रथम र बीए एलएलबी पहिलो वर्ष द्वितीय भए ।

पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लले विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा खेलकुद सप्ताह आयोजना गरेको थियो । उक्त खेलकुद सप्ताहका विजयी विद्यार्थीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र बुधवार वितरण गरिएको हो ।

प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून संकायका डीन प्रा. डा. अनिलकुमार पोखरेल र क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले शारीरिक तन्दुरुस्ती, स्वास्थ्य तथा सर्वाङ्गीण विकासका लागि खेलकुद महत्वपूर्ण भएको बताए ।