अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ ।
आगामी वर्षको वैशाख १४ गते रिलिज हुने फिल्मको पोस्टर फिल्म युनिटले बुधबार सार्वजनिक गरेको हो
पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर फिल्मको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा डिजाइन गरिएको छ ।
नेपाली समाजमा बोक्सीले कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन् भन्ने भनाइ छ ।
पोस्टर पनि यस्तै शैलीमा डिजाइन गरिएको छ । पोस्टरमा महिलाको अनुहार लुकाएर पछाडिको भाग देखाइएको छ । पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।