तेलुगु सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा २’ धमाधम सुटिङको काम भइरहेको छ । तर फिल्मका संगीतकार देवी श्री प्रसादलाई आइटम गीतका लागि उत्कृष्ट धुन निकाल्न नै सकस परिरहेको समाचार बाहिरिएका छन् । जसकारण अहिलेसम्म आइटम गीतको काम अघि बढ्न सकेको छैन ।
अल्लू अर्जुन पनि यो गीतमा नृत्य गरेर आफू अझ चर्चामा आउन चाहन्छन् । त्यसकारण निर्माताहरु पनि अघिल्लो ‘पुष्पा’को आइटम गीत ‘उ अँटावा’ भन्दा पनि जबरदस्त बनाउन चाहिरहेका छन् । यसैकारण पनि निर्माताले आइटम गीत बनाउने कामलाई हालका लागि थाँतीमा राखेका छन् ।
यता ‘पुष्पा २’को आइटम गीतका लागि निर्माण पक्षले श्रीलीलालाई अनुबन्ध गरेको थियो । तर आइटम गीत नै तत्काल बन्ने सम्भावना नरहेपछि निर्माण पक्षले श्रीलीलालाई पनि बिदा गरेको छ ।

