मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि

शिक्षा/स्वास्थ्य

मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण फैलिएपछि स्वास्थ्य संकटकाल घोषणा गर्नेबारे अधिकारीहरुले छलफल थालेका छन् । काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेंगु संक्रमित पुष्टि भएको छ ।

ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेंगु पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेंगु पुष्टि भएको छ । सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले नेपालमा डेंगु बढ्दै गएकाले स्वास्थ्य संकटकाल लगाउने विषयमा छलफल सुरु भएको बताउनुभयो ।