फ्रेन्ड्सलाई हराउँदै मच्छिन्द्र ‘ए डिभिजन’को शिर्ष स्थानमा

विविध

काठमाडौं, ९ पुस । सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लवले अपराजित यात्रालाई कायमै राखेको छ । लिगको तेस्रो चरणमा बुधबार राज महर्जनको कप्तानीमा रहेको मच्छिन्द्रले फ्रेन्ड्स क्लवलाई ३–० गोल अन्तरले हराएको छ ।

दशरथ रंगशालामा मच्छिन्द्रका लागि पिटर सेगुन, सोमीडी एडीजेला र रेजिन सुब्बाले १–१ गोल गरे । जितसंगै जारी लिगका तीन खेलमा दुई जीत र एक बराबरीबाट ६ अंक जोडेर मच्छिन्द्र शिर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्सको भने यो लगातार तेस्रो हार हो ।