महन्थ ठाकुर पक्षद्वारा राजेन्द्र महतो संसदीय दलको नेता चयन

राजनीती

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो जसपाको संसदीय दलको नेता चयन भएका छन् ।

आज पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको हो ।

ठाकुर महतो पक्षका २० जना सांसदहरुको सहमतीमा महतोलाई संसदीय दलको नेतामा चयन गरिएको एक नेताले लोकपथलाई जानकारी दिए ।

त्यस्तै जसपाका अध्यक्ष ठाकुरले नेता महतोलाई सामाजिक सञ्जालमा बताई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।