पूर्वरानी कोमल २१ दिनपछि अस्पतालबाट डिस्चार्ज

शिक्षा/स्वास्थ्य

काठमाडौं । कोरोना संक्रमण भएर २१ दिन अघि भर्ना भएकी पूर्व रानी कोमल शाह डिस्चार्ज भएकी छिन् ।

पूर्वरानी कोमलको पछिल्लो रिपोर्ट नेगेटिभ आइ स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ ।

त्यस्तै उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि घर फर्किएको अस्पताल स्रोतले जनाएको छ ।
उनीसँगै अस्पताल भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाह भने वैशाख २९ गते बुधवार नै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उपचारको क्रममा पूर्वरानी कोमलको स्वास्थ्य जटिल बनेपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी गरेर फर्किएका पूर्व उनीहरु गत वैशाख ११ गते अस्पताल भर्ना भएका थिए ।