सार्वजनिक क्षेत्रका पर्खाल भत्काउँदै ललितपुर महानगर

विविध

ललितपुर महानगरपालिकाले सार्वजनिक स्थलका पर्खाल हटाउने काम सुरु गरेको छ । पुलचोक इन्जिनियरिङ क्याम्पस, जावलाखेल फुटबल मैदान, लगनखेलको फुटबल मैदानलगायतका क्षेत्रको पर्खाल महानगरले भत्काउने निश्चित भएको छ ।

पुलचोक इन्जिनियरिङ क्याम्पसभित्रको आनन्द निकेतन दरबारबाहिरको पर्खाल भत्काई फेन्स (सामान्य बार) निर्माण गर्ने काम हुँदै छ । त्यसको निर्माण केही दिनमा सम्पन्न हुने भएको छ । जावलाखेल फुटबल मैदानको पर्खाल भत्काउने काम धमाधम भइरहेको छ । साथै, लगनखेल बुद्धि विकास फुटबल मैदानको पनि पर्खाल महानगरले भत्काउने भएको छ ।

फुटबल मैदानमा पर्खाल हुँदा सर्वसाधारणले फुटबल हेर्न कष्ट भोगेकाले महानगरभित्रको फुटबल मैदानको पर्खाल भत्काउन लागिएको महानगरले जनाएको छ । स