इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो खेलमा आज दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सूरु हुनेछ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीलाई अनुभवी स्पिनरका कारण बलियो मानिएको छ ।
दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर रहेका छन् । किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । उद्घाटन खेलमा चेन्नेइ सुपर किङ्ग्सले मुम्बइ इन्डियन्सलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।
