रोगको डरले नेपाल आए , भोकको चिन्ताले फर्कँदैछन्

विविध

कोरोना सङ्क्रमणबाट भारतमा दैनिक दशौँ हजार जना सङ्क्रमित भएका र सयौँको मृत्यु भइरहेको खबर सुन्दा पनि नेपालीहरु त्यसको प्रवाह नगरी मजदुरीका लागि भारत जान थालेका छन् । कोरोना कहरका बेला बेरोजगार भएर घरमा बस्नेहरु जस्तै बाध्यताले मुग्लान पस्नेहरु पनि तनाव कै बीच घर छाडिरहेका छन् । कोरोना भाइरस सङ्क्रमणको चिन्ताले गत चैत वैशाखमा स्वदेश फर्किनेहरु अहिले कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाहरु दैनिक झोला गुन्टा बोकेर मजदुरी गर्न भारत गइरहेका छन् ।

भारतमा दैनिक करिब एक लाखको सङ्ख्यामा सङ्क्रमित थपिनुका साथै दिनमा सयौँको यसै सङ्क्रमणबाट मृत्यु भइरहेको खबर आइरहेका बेला पनि बाध्य भएर नेपालीहरु मजदुरीका लागि भारत गइरहेको बताउँछन् । सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधीमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ । स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरुको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरुको भनाई छ । “आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पु¥याएर नेपालीहरुलाई भारत लगिरहेको छ” । सुदूरपश्चिम प्रदेश सरकारले नौ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाए पनि भारत जाने क्रम चलिरहेकै छ । दुवै नाकाबाट गरेर दैनिक ५ देखि ६ सय नेपालीहरु भारत जाँदैछन।

दुवै नाकाबाट गरेर दैनिक ५ देखि ६ सय नेपालीहरु भारत जाँदैछन।

विडम्बना , कोरोना भाइरसबाट बच्न कयौ दिन दु:ख पाएर नेपाल भित्रिएका नागरिक अहिले भोक भाइरसका कारण भारत फर्कदैछन् , यता सरकार भने कोहि भोकै बस्नु नपर्ने भाषण ठोक्नमा मस्त छ।