बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको ३ महिना भैसकेको छ । यो बिचमा सुशान्तसँग जोडिएका कैयौ बिषयहरुले चर्चा पाएका छन् ।
हाल सुशान्त मृत्यु प्रकरण सुल्झाउन सिबिआईलाई छा’नबिन गर्न दिइएको छ। सीबिआईले मृत्यु संग सम्बन्धित अनेक रहस्यबाट एक पछि अर्को गर्दै पर्दा पनि उठाउन सफल भएको छ l ड्’ग मामिला अगाडि आएपछि रिया चक्रवर्ती लगायतलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले हिरासतमा रा’खेको छ।
उनको जीवन र मृत्यु यो दुवैको बीचको कुरालाई विभिन्न कुराको अध्ययन र अनुसन्धानले पनि सल्ट्याउन नसकि रहेको अवस्थामा आज अचानक उनको पर्सनल नोटबुक भेटिएको छ ।

२७ अप्रिलमा भेटिएको नोटलाई पढ्ने हो भने सुशान्तले समय समयमा गर्ने स्मोकिंग पनि छोड्न चाहेका रहेछन् । उनले नोटमा प्रष्ट नै लेखेका छन् कि उनी केवल आफ्नो करियरमा फोकस हुन चाहेका रहेछन् । साथै उनले बलिउड अभिनेत्री कृति सेननसंग पनि समय व्यतित गर्न चाहेको कुरा उल्लेख गरेका छन् । उनले लेखेका छन् कि रिया उनको जीवनमा आउनु पुर्व नै निकै सामान्य जीवन जिउन चाहेका रहेछन् ।
